कोरोना अपडेट : थप १०४ जनामा संक्रमण, दुईजनाको मृत्यु

images
  • 66
    SHARES
  • भाद्र २६, २०७९ आइतबार
    कोरोना अपडेट : थप १०४ जनामा संक्रमण, दुईजनाको मृत्यु
    images

    काठमाडौं । 

    पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५८७ जनाको नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो ।

    coronavirus-corona-update_20200907143958.jpg

     

    पिसीआर परीक्षणबाट ८९ जना र एन्टीजेन परीक्षणबाट १५ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी, हाल नेपालमा दुई हजार ३१६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

     

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर दुईजनाको मृत्यु पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १४ जनाको मृत्यु भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend