कमल खत्री र मेलिना मैनालीले गरे इन्गेजमेन्ट

images
  • 69
    SHARES
  • भाद्र २६, २०७९ आइतबार
    कमल खत्री र मेलिना मैनालीले गरे इन्गेजमेन्ट
    images

    pic_7OdCpVz01Q.jpg                                                           तस्बिर : कमल खत्रीकाे फेसबुकबाट

    काठमाण्डाै –

    गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् । आज आइतवार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै मेलिनाले यसबारे जानकारी दिएकी हुन् । 

    उनले फेसबुकमा लेखेकी छिन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार इन्गेजमेन्ट गरेका छौँ ।’

    कमल र मेलिनाकाे प्रेम सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा हुँदै आएकाे थियाे । यी दुईले 'गुनगुनाउने बानी', 'म गीत हुँ तिम्रो' 'गुनगुनाउने बानी परेछ' बोलको गीतमा स्वर दिएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend