चितवनमा बाघको आक्रमणबाट वृद्धको मृत्यु

images
  • 75
    SHARES
  • भाद्र २६, २०७९ आइतबार
    चितवनमा बाघको आक्रमणबाट वृद्धको मृत्यु
    images

    २६ भदौ, काठमाडौं ।

    माडीमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् ।

    Tiger-in-Bardiya.jpg

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो ।

    शनिबारदेखि हराउनुभएका अधिकारी आज बिहान ८:३० वजे मृत भेटिएका हुन्।

    शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend