१९ वर्षीय कार्लोसले जीते युएस ओपनको उपाधि

images
  • 73
    SHARES
  • भाद्र २७, २०७९ सोमबार
    १९ वर्षीय कार्लोसले जीते युएस ओपनको उपाधि
    images

    एजेन्सी

    स्पेनका १९ वर्षीय खेलाडी कार्लोस अल्काराजले युएस ओपन टेनिसको उपाधि जितेका छन् । पुरुषतर्फको फाइनलमा नर्वेका कास्पर रुडलाई हराउँदै कार्लोसले पहिलो ग्रान्डस्लाम उपाधि जितेका हुन् ।

    xxxxx.jpg

     

    न्युरोर्कमा भएको फाइनलमा कार्लोसले कास्परमाथि ६-४,२-६,७-६,७-१० र ६-३ को सेटमा जीत निकाले । कार्लोसको यो पहिलो मुख्य उपाधि हो । यस्तै पहिलो पटक युएस ओपन जितेका हुन् ।

     

    स्पेनकै राफायल नाडालपछि ग्रान्डस्लाम उपाधि जित्ने उनी सर्वाधिक युवा खेलाडी हुन् । महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छिन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend