ट्रकले ठक्कर दिँदा मर्निङवाक हिँडेका एक पुरुषको मृत्यु

images
  • 68
    SHARES
  • भाद्र २७, २०७९ सोमबार
    ट्रकले ठक्कर दिँदा मर्निङवाक हिँडेका एक पुरुषको मृत्यु
    images

    काठमाडौं 

    सर्लाहीको हरिवनमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

    kkklllll.png

     

    पूर्व–पश्चिम राजमार्गमा पर्ने हरिवन नगरपालिका–१० नयाँरोडमा ना ८ ख ८२६७ नम्वरको ट्रकले ठक्कर दिँदा हरिवन–९ का ५० वर्षीय रामचन्द्र रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

     

    बिहान चार बजे मर्निङवाकमा निस्किएको बेला उनलाई ट्रकले ठक्कर दिएको हो। रायमाझीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक पनि पल्टिएको छ।

     

    मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ । ट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend