आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान

images
  • 68
    SHARES
  • भाद्र २७, २०७९ सोमबार
    आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान
    images

    काठमाण्डाै

    आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि भने लगातारजसो पानी पर्ने सम्भावना छ ।

    kkkkkkkkkkkkkk.jpg

    मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सर्ने सम्भावना रहेकाले भोलि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । भोलि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

    केही दिन मनसुन सक्रिय रहने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सचेत रहन आग्रह पनि गरेका छन् । 
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend