पोखरामा ८ जुवाडे पक्राउ

images
  • 80
    SHARES
  • भाद्र २७, २०७९ सोमबार
    पोखरामा ८ जुवाडे पक्राउ
    images

    कास्की

    कास्कीमा जुवा खेल्दै गरेकाे अवस्थामा ८ जना पक्राउ परेका छन् । प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेकाे सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जना जुवाडेलाई पक्राउ गरेको हाे।

    t67888.jpg

    हिजाे बेलुका प्रहरी टोलीले नगद १ लाख ७ हजार २ सय ५५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे ।

    उनीहरुकाेसाथबाट प्रहरीले २ सय ११ पत्ती तास बरामद गरेकाे छ । हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तिवारीले बताउनुभयाे । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend