भदौ २७ गते
देवघाट । "हामी पनि सङ सङै छौ है" भन्ने मुल नारा सहित लियो क्लब अफ देवघाट चौतारी अगाडि बढेको छ । गत २५ गते काठमाडौंमा सम्पन्न प्रथम जिल्ला परिषद् बैठकमा लियो क्लब अफ देबघाट चौतारी तीनवटा अवार्ड जित्न सफल भएको छ ।

लियो जिल्ला परिषद ३२५ आरको पदस्थापन एवम् प्रथम जिल्ला परिषद बैठक काठमाडौं शंखमुल स्थित अनमोल व्याङक्युटमा भएको सो कार्यक्रममा लियो क्लब अफ देवघाट चौतारीले अवार्ड पाएको लियो क्लब अफ देवघाट चौतारीका अध्यक्ष सम्राट अधिकारी बताए ।

उत्कृष्ट ब्यानर प्रस्तुति, क्लबबाट अधिकतम महिला सहभागिता र क्लबबाट अधिकतम सहभागिता गरेर तिनवडा अवार्ड जित्न सफल भएको अधिकारी भने । लायन्स कल्व अन्तरास्ट्रिय, बहुजिल्ला परिषद ३२५ चियरपर्शन PMJF लायन्स केशव पाण्डेको प्रमुख आतित्थयता भएको सो कार्यक्रममा लायन्स ३२५ आर का गभर्नर PMJF सिद्धार्थ लाल चुकेको विशेष आतित्थय र लियो जिल्ला परिषदका पदाधिकारीहरू लगाएत अन्य जिल्ला परिषदका अतिथिहरुको सहभागीता रहेको थियोे भने लियो क्लब अफ देवघाट चौतारीका पुर्व अध्यक्ष लियो आत्माराम पाण्डे, सुस्मिता नेपाल,सुस्मा गुरुङ, रक्षा कार्की,आशिष कार्की,मोनिका कण्डेल,चन्दिप बगाले (मुनु),पुरण न्यौपाने,निर्मल लामिछाने,गिता गुरुङ, खगराज गुरुङ,शिशिर तिवारी,स्वस्तिका धिताल,अंकिता पोख्रेल,सुशान्त अधिकारी लगाएत लियो क्लब अफ देवघाटका टिमले सहभागीता जनाएका थिए ।

लियो जिल्ला परिषद अध्यक्ष लियो पुरूषोत्तम सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।




