आन्तरिक छलफलमा जुट्यो महाअभियोग सिफारिस समिति

images
  • 99
    SHARES
  • भाद्र २८, २०७९ मंगलबार
    आन्तरिक छलफलमा जुट्यो महाअभियोग सिफारिस समिति
    images

    २८ भदौ, काठमाडौं ।

    महाअभियोग सिफारिस समिति आन्तरिक छलफलमा जुटेको छ ।

    Cholendra-Shamsher.jpg

    निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आजै सकिने भएपछि महाअभियोगबारे समिति आन्तरिक छलफलमा जुटेको हो ।

    जबराको बयानका लागि समितिले ४३ प्रश्न तयार गरेकोमा ८ वटा प्रश्नमात्रै बाँकी रहेका छन् । बाँकी प्रश्नसँग प्रतिप्रश्न पनि आजै सक्ने तयारी समितिको छ ।

    बयानको काम सकिने भएकोले प्रतिवेदनको तयारी गर्न अहिले समितिको बैठक बसिरहेको छ ।

    दिउँसो १ बजेसम्म समितिले आन्तरिक छलफल गर्ने छ । त्यसपछि मात्रै जबराको बयान हुने समितिका एक सदस्यले जानकारी दिए ।

    जबरालाई समितिमा दिउँसो १ बजे बोलाइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend