चौविसकोठीमा डेजर्ट डिलाइट्स

images
  • 794
    SHARES
  • बैशाख १, २०७९ बिहीबार
    चौविसकोठीमा डेजर्ट डिलाइट्स
    images

    भरतपुर

    खाडी मुलुकमा काम गरेर स्वदेश आएका दुई युवाले भरतपुरको चौविसकोठीमा डेजर्ट डिलाइट्स रेष्टुरेण्ट खोलेका छन् । दुबई, कतार र साउदीमा रेष्टुरेण्ट क्षेत्रमा सात वर्ष काम गरेर आएका देवघाट निवासी सुमन भट्टराई र विष्णु पाण्डेले ८५ लाख रुपैयाँको लागतमा डेजर्ट डिलाइट्स सञ्चालन गरेका हुन् ।

    vvv.png

    रेष्टुरेण्टको बिहिबार उद्घाटन गरिएको हो । उनीहरुले घुम्ती रेष्टुरेन्टबाट पनि सेवा दिएका छन् । घुम्ती रेष्टुरेन्ट बनाउन मात्रै करिब २० लाख लागेको सुमन भट्टराईले बताए । स्पेशल परिकारका रुपमा चिकन सोर्मा र ग्रिल चिकन रहेको उनको भनाइ छ । रेष्टुरेन्टले सात जनालाई रोजगारी पनि दिएको छ ।

    uuu.png

    विदेशमा रहँदा देखेको र सिकेको सिपलाई नेपालमा आएर प्रयोग गर्ने प्रयास गरिएको उनी बताउँछन् । एस क्युब इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनले घुम्ती रेष्टुरेन्ट बनाएको हो । उक्त रेष्टुरेन्ट विभिन्न स्थानमा लगेर पनि सेवा दिन सकिन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend