चितवन गोल्डकपः बागमतीलाई हराउँदै मनाङ सेमिफाइनलमा

images
  • 99
    SHARES
  • भाद्र २८, २०७९ मंगलबार
    चितवन गोल्डकपः बागमतीलाई हराउँदै मनाङ सेमिफाइनलमा
    images

    चितवन

    मनाङ एफसी चितवनमा जारी इसुजु चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वाटरफाइनल खेलमा बागमती नगरपालिका सर्लाहीलाई हराउँदै मनाङले सेमिफाइनलमा स्थान बनाएको हो । मनाङले बागमतीलाई सदन डेथमा निराश बनायो ।

    ccccvvvvvv.jpg

     

    सोमबार निर्धारित समयको खेल एक९एक गोलको बराबरीमा सकिएपछि आज ९मंगलबार० बिहान टाईब्रेकर गरिएको थियो । सोमबार लाइट नपुगेपछि टाईब्रेकर आजका लागि सारिएको थियो । टाईब्रेकरमा दुबै टिमले ४/४ गोल गरेपछि खेल सडन डेथमा पुग्यो । सडन डेथमा मनाङका अमिर श्रेष्ठले गोल गर्दा बागमतीको आयुष राना मगरको प्रहार मनाङका गोलरक्षक अशोक बरालले बचाए ।

     

    त्यसअघि टाईब्रेकरमा मनाङका पुजन उपरकोटी, शिव गुरुङ, एकराज बुढाथोकी र कमल श्रेष्ठले गोल गर्दा कप्तान रुपेश केसीको प्रहार बागमतीका गोलरक्षक मनोज प्रधानले बचाए । यस्तै बागमतीका प्रितम स्याङ्बो, इमान लामा, अबिनाश स्याङ्तान र अनिल राना मगरले गोल गर्दा सुमन चाम्लिङ राईको प्रहार आकाशियो ।

     

    यसअघि निर्धारित समयमा दुबै तर्फबाट एक(एक गोल भएको थियो । पहिलो हाफमा बागमतीले उपहार गोलमा अग्रता लिएको थियो । २६ औं मिनेटमा मनाङका प्रवेश कुँवरले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे । दोस्रो हाफमा मनाङले बराबरी गोल फर्कायो । दोस्रो हाफको २० औं मिनेटमा फोफानाले मनाङका लागि बराबरी गोल फर्काए । खेलको म्यान अफ दि म्याच मनाङका फोफाना घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend