हेटौँडामा ३ सय जनाको आँखा अप्रेशन गर्दै सन्दुक रुइत

images
  • 49
    SHARES
  • भाद्र २८, २०७९ मंगलबार
    हेटौँडामा ३ सय जनाको आँखा अप्रेशन गर्दै सन्दुक रुइत
    images

    मकवानपुर 

    मकवानपुरसहित विभिन्न जिल्लामा गरिएका आँखा जाँच शिविरबाट अप्रेशन गर्नुपर्ने बिरामी हेटौँडा सामुदायिक आँखा अस्पतालमा रिफर भएका छन् । झन्डै तीन सय जनाकाे आँखाकाे अप्रेशन गर्नका लागि डाक्टर सन्दुक रुइत हेटौँडामा हुनुहुन्छ । 

    bvvvvfghjkl.jpg

    बिहानैदेखि बेलुकासम्म विभिन्न जिल्लाबाट आएका बिरामीका आँखाकाे अप्रेशन गरेर उहाँको दिन बित्ने गरेको छ । हरेक वर्ष उहाँ हेटौँडा सामुदायिक आँखा अस्पतालमा अप्रेशनका लागि आउने गर्नुभएको छ । शिविरमा आँखा जाँचका क्रममा मोतियाविन्दु लगायतका समस्या भएका बिरामीलाई हेटौँडा सामुदायिक आँखा अस्पतालमा ल्याएर अप्रेशन गर्ने गरिएको अस्पतालका म्यानेजर सुधिर श्रेष्ठले बताउनुभयो । विभिन्न जिल्लाका ठाउँ–ठाउँमा गरिएका निःशुल्क आँखा शिविरमा जटिल समस्या देखिएका बिरामीलाई यहाँ अप्रेशनका लागि ल्याइएको उहाँले बताउनुभयो । 

    यस्ता बिरामीको डाक्टर रुइतले निरन्तर अप्रेशन गरिरहनुभएको छ । अस्पतालमा आँखामा देखिएका समस्या लिएर आएका बिरामीको भिड लागेको हो । 

    यसैगरी आजै बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, हेटौँडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरिबहादुर महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतम लगायतले डाक्टर रुइतसँग आँखा जाँच गराउनुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend