अध्यक्ष ओली : देशमा समृद्धि ल्याउन एमालेले चुनाव जित्नुपर्छ

images
  • 77
    SHARES
  • भाद्र २८, २०७९ मंगलबार
    अध्यक्ष ओली  :  देशमा समृद्धि ल्याउन एमालेले चुनाव जित्नुपर्छ
    images

    काठमाण्डौ

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'समृद्ध नेपाल र सुखी नेपाली' को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेले चुनाव जित्नुपर्ने जिकिर गर्नुभएको छ । 

    fggggghjk.jpg

    आज मङ्गलवार पोखरामा सुरु भएको नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘देश र जनताका साथै विकासका र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ ।’  

    अध्यक्ष ओलीले लोकतन्त्रलाई सही गन्तव्यमा डोर्‍याउन र संविधान कार्यान्वयन गर्नका लागि पनि एमालेले आउँदो चुनावमा एमालेको दरिलो उपस्थिति हुनुपर्ने औँल्याउनुभयो । उहाँले बहुदलीय परिपाटीमा हुने नियमित प्रक्रियाको चुनावजस्तो नभएर आउँदो चुनाव देशमा समृद्धि ल्याउन, संविधान कार्यान्वयन गर्न महत्त्वपूर्ण रहेको पनि बताउनुभयो । 

    नागरिकले आत्मविश्वास गुमाउँदा देश अप्ठ्यारोमा पर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्तो स्थिति आउन दिन नहुने बताउनुभयो । उहाँले विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै पक्षलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend