साफ महिला च्याम्पियनशिप : भारतलाई हराउँदै बङ्ग्लादेश समूह विजेता बन्याे

images
  • 57
    SHARES
  • भाद्र २८, २०७९ मंगलबार
    साफ महिला च्याम्पियनशिप : भारतलाई हराउँदै बङ्ग्लादेश समूह विजेता बन्याे
    images

    काठमाण्डाै 

    नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलमा बङ्ग्लादेशले भारतलाई हराएकाे छ । 

    hjnbbvm.jpg

    दशरथ रङ्गशालामा भएकाे खेलमा भारतलाई तीन–शून्य गाेलले हराउँदै बङ्ग्लादेश समूह विजेता बनेकाे हाे । बङ्ग्लादेशका लागि मोसमात सिराज जाहान सोप्नाले दुई र कृष्णारानी सरकारले एक गोल गरे । भारत भने उपविजेता बनेकाे छ । याेसँगै सेमिफाइनल समीकरण पूरा भएकाे छ । 

    याेसँगै बङ्ग्लादेशले साफ महिला च्याम्पियनशिपमा भारतलाई पहिलाे पटक हराएकाे छ । यस्तै भारतले महिला साफ च्याम्पियनशिपकाे इतिहासमा पहिलो पटक हार बेहोरेको छ ।

    समूह 'बी' बाट नेपाल र भुटान सेमिफाइनलमा पुगिसकेका छन् । नेपालले अब फाइनल प्रवेशका लागि भारतसँग खेल्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend