एनआईसी एशिया बैंकको खातामा अब भिसा डाइरेक्टबाट सिधै रकम पठाउन सकिने

images
  • 66
    SHARES
  • भाद्र २९, २०७९ बुधबार
    एनआईसी एशिया बैंकको खातामा अब भिसा डाइरेक्टबाट सिधै रकम पठाउन सकिने
    images

    काठमाडौं

    एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्टमार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ ।  बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरू सामू यो नवीन सेवाको सुरुवात गरेको हो । 

    hhhhhjjjjkkl.png

     

    अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

     

    यस सेवा अन्तर्गत विश्वका कुनै पनि भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा  बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ । त्यसका लागि रकम पठाउनेहरूले आफ्नो मोबाइल÷इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत यस बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन् । विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै ल्याएको यस नवीन सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend