परराष्ट्रमन्त्री खड्का एलिजावेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

images
  • 82
    SHARES
  • भाद्र २९, २०७९ बुधबार
    परराष्ट्रमन्त्री खड्का एलिजावेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने
    images

    काठमाडौं

    परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्यष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् । 

    00000000000000000.jpg

     

    एलिजावेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ । अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा सानो टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । 

     

    अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् ।  एलिजावेथको मृत्यु ९६ वर्षको उमेरमा यही भदौ २३ गते भएको थियो । एलिजावेथको अन्त्येष्टिमा विभिन्न देशका राष्ट्रध्यक्ष, सरकार प्रमुख र परराष्ट्रमन्त्री सहभागी हुनेछन् । 

     

    बेलायत नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो राष्ट्र हो । नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend