चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको छ : माधव नेपाल

images
  • 36
    SHARES
  • भाद्र २९, २०७९ बुधबार
    चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको छ : माधव नेपाल
    images

    काठमाण्डाै 

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताउनुभएको छ ।

    ghjkl;;;;;;;;;;;;;;;;;;.jpg

    अध्यक्ष नेपालले नगरे पनि हुन्थ्यो नि भन्नेहरुले पनि चुनावमा टिकट लिनका लागि चर्को दाबी गरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताउनुभएको हो । बुधवार काठमाण्डौमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उहाँले उठेर दुई कदम पनि हिँडन नसक्ने वृद्धहरुले समेत टिकटको आकांक्षा राखेको बताउनु भयो । अध्यक्ष नेपालले ती आकांक्षीहरुमा टिकट नपाउँदा बेहोस् हुने हो कि भन्ने चिन्ता आफूलाई लागेको पनि बताउनु भयो ।

    उहाँले भन्नुभयो,  ‘अब मंसिर ४ गते चुनाव हुन गइरहेको छ । सबैलाई टिकट चाहिएको छ । अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन । भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ । सबै एकदम काबिल भएर आएका छन् । को काबिल, को काबिल छैन ? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं । नगरे पनि हुन्थ्यो नि दावा भन्ने पनि चर्को दाबी गरिरहेका छन् । उठेर दुई कदम हिँड्न सक्दैन बिचरा बुढो भइसक्यो । तै पनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भए पनि त्यहाँ टाँसिन पाउँ । के होला, कस्तो गाह्रो ?’  

    अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई कुनै व्यवसाय  वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराउनु भयो । त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उहाँको भनाइ थियो ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend