अर्थमन्त्री शर्मा : हिमालको रक्षा भए मात्रै डेढ अर्ब मानिसलाई पुग्ने पानीको सुरक्षा हुन्छ

images
  • 75
    SHARES
  • भाद्र २९, २०७९ बुधबार
    अर्थमन्त्री शर्मा  : हिमालको रक्षा भए मात्रै डेढ अर्ब मानिसलाई पुग्ने पानीको सुरक्षा हुन्छ
    images

    काठमाडौं

    अर्थमन्त्री जनार्दन शर्माले नेपालका हिमालको रक्षा भएमा मात्रै विश्वका डेढ अर्ब मानिसका लागि आवश्यक खानेपानीको पानीको सुरक्षा हुने बताएका छन् ।

    iiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiooo.jpg

     

    बुधबार दक्षिण कोरियामा आयोजित एसिया प्रशान्त क्षेत्रका मन्त्रीको बैठकमा नेपालका तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । दोस्रो हरित जलवायु कोष, ग्लोबल प्रोग्रामिङ सम्मेलन अन्तर्गत बुधबार एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको विशेष बैठक भएको थियो । बैठकमा बोल्दै उनले अत्यावश्यकतालाई ध्यानमा राख्दै नेपाल सरकारले चालु आर्थिक वर्षमा हरित ऊर्जाका लागि १०० अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए । उनका अनुसार निजी क्षेत्रका लगानीकर्ताले पनि यो प्रवृत्तिलाई पछ्याइरहेका छन् ।

    उक्त बैठकमा बोल्दै मन्त्री शर्माले जलवायु परिवर्तनको प्रभावकारी न्यूनीकरण र निजी क्षेत्रको लगानी परिचालन गर्न अन्तर्राष्ट्रिय सहयोग पनि आवश्यक पर्ने कुरामा जोड दिए । नेपाली निजी बैंकहरूले पनि साझेदारीका लागि जीसीएफलाई सम्पर्क गरिरहेको उनले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend