मुस्ताङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

images
  • 88
    SHARES
  • भाद्र २९, २०७९ बुधबार
    मुस्ताङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
    images

    म्याग्दी

    मुस्ताङको थासाङ गाउँपालिका-४ तल्लो घाँसामा मालबाहक ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा कुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।

    hhhjggfhnn.png

     

    मुस्ताङबाट स्याउ बोकेर पोखराका लागि छुटेको ग १ ख ४१७७ नम्बरको ट्रक बुधबार दिउँसो ३ बजे बेनी–जोमसोम सडकको घाँसास्थित ओरालोमा ब्रेक फेल हुँदा भित्तामा जोतिएर सडकमा पल्टिँदा चालकको मृत्यु भएको घाँसा प्रहरी चौकीले जनाएको छ । ज्यान गुमाउने चालक सोलुखुम्बु जिल्ला सल्लेरीका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend