नागढुंगा सिस्नेखोला सुरुङ मार्ग छेडने काम आउदौ चैत महिना भित्र सम्पन्न हुने

images
  • 81
    SHARES
  • भाद्र ३१, २०७९ शुक्रबार
    नागढुंगा सिस्नेखोला सुरुङ मार्ग छेडने काम आउदौ चैत महिना भित्र सम्पन्न हुने
    images

    काठमाडौं

    काठमाडौंलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति १२.९० प्रतिशत पुगेको छ। सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पूरा हुने बताइएको छ।

    vvvvvvvvvvvvvvvvvvvvvvvvvv.jpg

    आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ४३ सुरुङ खन्ने काम पूरा भएको छ।’ विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख रामहरि पोखरेलले भने, ‘आयोजनको कल ६२.९० प्रतिशत काम पूरा भएको छ। आगामी ७ महिनाभित्र सुरुङ छेड्ने काम पूरा हुनेछ।’

     

    उनका अनुसार निकासी सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये १ हजार ७ सय १५ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । वर्किड अडिट १ सय २७ मिटर पूरा भएको छ भने ऋस प्यासेज १ सय २८ मिटरमध्ये ७४.२० मिटर पूरा भएको छ। आयोजनाको कुल भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४७ प्रतिशत छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend