अछाम पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता

images
  • 72
    SHARES
  • आश्विन १, २०७९ शनिबार
    अछाम पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता
    images

    १ असोज, धनगढी ।

    अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

    जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

    achham-pahiro-1024x624.jpg

    रिजालका अनुसार कमलबजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना, तुर्माखाद गाउँपालिका–५ मा ४ जना र ढकारी गाउँपालिका–६ मा एक जनाको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेका हो । तुर्माखाद तुर्माखाद गाउँपालिका–५ मा ५ जना र ढकारी गाउँपालिका–१ मा एक जना अझै बेपत्ता रहेका छन् ।

    उनीहरुको खोजी भइरहेको छ । यस्तै पहिरोमा परेर घाइते भएका ११ जनाको उद्दार गरिएको छ । उनीहरुमध्ये ८ जनाको जिल्ला अस्पताल अछाम र तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमापर्फत सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको सहायक प्रजिअ रिजालले जानकारी दिए ।

    अविरल वर्षापछि अछाममा ठूलो जनधनको क्षति गरेपनि विस्तृत विवरण प्राप्त भइसकेको छैन । अहिले बेपत्ताहरुको खोजी र घाइतेको उद्दारको काम भइरहेकाले क्षतिको विवरण संकलन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend