'सबैलाई चित्त बुझाएर सिट बाँडफाँट हुन्छ' : प्रकाशमान सिंह

images
  • 47
    SHARES
  • आश्विन २, २०७९ आइतबार
    'सबैलाई चित्त बुझाएर सिट बाँडफाँट हुन्छ' : प्रकाशमान सिंह
    images

    काठमाडौं 

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनका सबै दललाई चित्त बुझाएर सिट बाँडफाँट गरिने बताएका छन्। उनले सबै दललाई मिलाएर लैजाने तयारी भइरहेको पनि बताए।

    lllllllllllllllllllllll.jpg

     

    ‘गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ,’ गणेशमान सिंहको २५ औं स्मृतिमा आज शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’

     

    उनले सिट बाँडफाँट चुनौतीपूर्ण रहेको पनि बताए। ‘यो काम सजिलो छैन। तर सिट बाँडफाँटबारे छलफल भइरहेका छन्। उचित समयमा निर्णयमा पुगिन्छ,’ उनले भने।साउन २० देखि सत्ता गठबन्धनले सिट बाँडफाँटमा छलफल गरे पनि कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्ने सहमति हुन सकेको छैन।

     

    समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गरेर दलहरू सिट बाँडफाँटबारे मंगलबारदेखि पुनस् छलफलमा जुट्दैछन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend