२ हजार युवालाई स्वरोजगार तालिम प्रदान गर्दै भरतपुर महानगर

images
  • 38
    SHARES
  • आश्विन २, २०७९ आइतबार
    २ हजार युवालाई स्वरोजगार तालिम प्रदान गर्दै भरतपुर महानगर
    images

    चितवन 

    भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने भएको छ। तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ।

    cccc.jpeg

     

    यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ कक्षा उत्तीर्ण र १८ वर्ष पूरा गरी ४० वर्ष नपुगेका व्यक्तिले सहकारी प्रवर्द्धन शाखामा सम्पर्क गर्नुपर्ने महानगरले जनाएको छ।

     

    आर्थिक वर्ष २०७९र८० को सहकारी कार्यक्रम तथा प्रवर्द्धन नीति तथा कार्यक्रमबमोजिम सैलुन, प्लम्बर, इलेक्ट्रिसियन, ड्राइभिङ र मागमा आधारित ‘मेयर उद्यमशीलता’ तालिम दिन लागिएको हो।

     

    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्यूनतम छ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिएकी छन्। युवाले इच्छा गरेअनुरूप महानगरपालिकाले प्राविधिक तालिम प्रदान गरिने जनाइएको छ।

    प्रमुख दाहालले रोजगारी प्रर्वद्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको बताए। महानगरपालिकाले चालु आवमा युवालाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रवर्द्धन गर्न एक करोड ५० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिइन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend