चोलेन्द्रले भने–सर्वोच्च जान खोज्दा सरकारले निवासमै रोकिदियो

images
  • 57
    SHARES
  • आश्विन २, २०७९ आइतबार
    चोलेन्द्रले भने–सर्वोच्च जान खोज्दा सरकारले निवासमै रोकिदियो
    images

    काठमाडौं 

    सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध भएको बताएका छन् । उनी बिहान ११ बजे सर्वोच्च जाने तयारीमा रहेपनि निवासमै रोकिएका हुन् । 

    vvvvvvvvvvvvvvvvvvvvv.jpg

     

    राणाले भने, ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो।’ निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको उनको भनाइ छ ।संसदको कार्यकाल सकिएको र महाभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाएपछि उनी सर्वोच्च जाने प्रयासमा छन् । उनी सर्वोच्च जाने प्रयासमा रहेपछि नेपाल बार र सर्वोच्चकै कर्मचारीले पनि विरोध गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend