वाईसियल नेपाल वागमती प्रदेश संयोजकमा चितवनका साजन अधिकारी चयन

images
  • 69
    SHARES
  • आश्विन २, २०७९ आइतबार
    वाईसियल नेपाल वागमती प्रदेश संयोजकमा चितवनका साजन अधिकारी चयन
    images

    चितवन

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  को सहायक संगठन वाईसियल नेपाल वागमती प्रदेश संयोजकमा साजन अधिकारी चयन भएका छन । संगठनको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय कार्यालयको पहिलो बैठकको निर्णय अनुसार अधिकारीलाई संयोजकको जिम्मेवारी तोकिएको हो । अधिकारी यसअघि वाईसियल चितवन जिल्ला ईन्चार्ज थिए ।

    bbnnnmm.jpg

     

    अधिकारी विस २०६२ मा चितवन माध्यामिक विद्यालय भरतपुरको अनेरास्वीयु क्रान्तिकारी इकाई अध्यक्ष हुँदै ०७२ सालमा चितवन जिल्ला संयोजक भएका थिए। विद्यार्थी राजनीतिपछि ०७३ मा वाईसियल जिल्ला उपाध्यक्ष भएर जिम्मेवारी बहन गरेका थिए । त्यसपछि ०७४ मा वाईसिलय राष्ट्रिय भेलाबाट केन्द्रीय सदस्य हुनु भएका अधिकारी चितवन जिल्ला संयोजक, ईन्चार्ज हुँदै प्रदेश संयोजक चयन भएका थिए ।

     

    वाईसियल वागतमी प्रदेशको संयोजकको कार्यभार सम्हालेपछि अधिकारीले संगठनले दिएको कार्यादिशा अनुसार अगाडि बढ्ने बताए। अधिकारीले युवाहरुलाई झण्डा र डण्डा बोक्ने साधनको रुपमा मात्र नभई आत्मनिर्भरता र उत्पादनमा जोडेर राज्यका निकायहरुमा युवाहरुको भूमिका स्थापित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

     
     

    यस्तै संगठनको चितवन जिल्ला ईन्र्चाजमा भानु न्यौपाने र संयोजकमा कमल कँडेल चयन भएका छन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend