विश्व साइकल यात्री पुस्कर शाहको डकुमेन्ट्री ‘एमी अवार्ड’ उत्कृस्ट, भोटिङ्ग गर्न आह्वान

images
  • 122
    SHARES
  • आश्विन २, २०७९ आइतबार
    विश्व साइकल यात्री पुस्कर शाहको डकुमेन्ट्री ‘एमी अवार्ड’ उत्कृस्ट, भोटिङ्ग गर्न आह्वान
    images

    काठमाडौँ- विश्व साइकल यात्री पुस्कर शाहको यात्रामा आधारीत रहेर बनेको एक मिनेटको डकुमेन्ट्री ‘५० औँ एमी अवार्ड’ को पव्लिक भोटिङ्ग राउण्डमा पुगेको छ । 

     
    mnnhjjjjjjj.png
    डकुमेन्ट्री हेरेर भोट गर्नका लागि यो लिंक https://bit.ly/3S8aKuM क्लिक गर्न सक्नुहुनेछ ।

    अमेरिकामा नेपालको प्रतिनिधित्व गर्दै ‘अन्तर्राष्ट्रिय एमी पुरस्कार’मा विश्व साईकलयात्री पुष्कर शाहकोे ‘साइक्लिङ्ग फर पीस’ प्रतिस्पर्धा रहेको छ ।

    शान्ति फैलाउने अभियान लिएर विश्वका १५० वटा देशमा साइकल यात्रा गरेका पुस्करको डकुमेन्ट्री नेपालको प्रतिनिधित्त्व गर्दै अमेरिकामा सम्पन्न हुन गैरहेको विश्वप्रख्यात ‘एमी अवार्ड’मा पुगेको हो ।

    अविनाश के छेत्रीले लेखन र निर्देशन गरेको डकुमेन्ट्रीलाई सुसान ठटालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् । डकुमेन्ट्रीमा आभाष उप्रेतीको व्यागराउण्ड स्कोर रहेको छ ।

    विश्वभरीबाट ३३ देशका मेकरले यो अवार्डमा भाग लिएका छन् । यहि वर्षको नोभेम्बरमा अवार्ड सेरेमोनीको आयोजना हुनेछ जसमा १२३ वटा शान्ति दर्शाउने फिल्महरु समावेश छन् ।

    हरेक वर्ष ‘इन्टरनेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एण्ड साइन्स’ले विश्वभरी बनेका सिरिजहरुका लागि ‘अन्तरास्ट्रीय एमी’ अवार्डको आयोजना गर्छ ।

    २०१७ देखि ‘एमि’ले न्युयोर्कमा रहेको ‘जेसिएस इन्टरनेसनल’ मिडिया कम्पनिसंगको सहकार्यमा ‘वान मिनेट क्रीयटिभ’ भिडियो नामक नयाँ सेगमेन्टको सुरु गर्यो । यो क्याटेगोरी विश्वभरीका युवा प्रतिभाहरुलाई प्रोत्साहन गर्न र विश्वभरी शान्तिको सन्देश पुर्याउनको लागि सुरु भएको हो ।

    यहि अवार्डमा पुगेको डकुमेन्ट्री ‘साइकिलिङ्ग फर पिस’लाई भोट गरेर टप ट्वान्टीसम्म पुर्याउन सकिने निर्देशक अविनासले बताएका छन् । भोटिङ्ग सेप्टेम्बर २२ सम्म खुल्ला हुनेछ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend