माओवादीले टुंग्यायो समानुपातिक उम्मेदवार, प्रचण्डको हस्ताक्षर पर्खिँदै

images
  • 67
    SHARES
  • आश्विन ३, २०७९ सोमबार
    माओवादीले टुंग्यायो समानुपातिक उम्मेदवार, प्रचण्डको हस्ताक्षर पर्खिँदै
    images

    काठमाडौं

    नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक प्रणालीतर्फका उम्मेदवार टुंगो लगाएको छ ।

    rt.jpg

     

    माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार उम्मेदवारको बन्दसूची तयार भइसकेको छ । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्न मात्रै बाँकी छ ।

     

    प्रचण्ड सोमबार नै सोलुखुम्बुमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका छन् । उनले त्यस क्रममा आफूले हस्ताक्षर नगरेसम्म बन्दसूचीले वैधानिकता नपाउने भन्दै फर्किन हतार भएको बताएका थिए। ‘आज अन्तिम दिन हो, यो समानुपातिक उम्मेदवारहरुको सूची बुझाउने,’ उनले भनेका थिए, ‘मैले हस्ताक्षर नगरिकन हाम्रो पार्टीको तर्फबाट वैधानिकता पाउँदैन ।’

     

    समानुपातिक उम्मेदवारको सूची टुंग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक २ बजेसम्मलाई स्थगित गरेर प्रचण्ड सोलुखुम्बुको दुधकोसी गाउँपालिकाको भवन उद्घाटन गर्न गएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend