डा. केसीको स्वास्थ्य अवस्था बिग्रर्दै

images
  • 74
    SHARES
  • आश्विन ३, २०७९ सोमबार
    डा. केसीको स्वास्थ्य अवस्था बिग्रर्दै
    images

    कैलाली

    धनगढीमा विगत ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।

    ccvvvv.jpg

     

    अस्पतालले सोमबार एक सूचना जारी गर्दै केसीको स्वास्थ्य अवस्था विग्रदै गएकाले उपचारको लागि विशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न आवश्यक रहेको जनाएको छ ।

     

    डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं सत्याग्रह सुरु गर्नुभएको हो । चौथो दिनदेखि उहाँको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ ।

     

    अस्पतालले केसीमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांसपेसी दुख्ने लगायत समस्या देखिन थालेको जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend