माओवादीले बुझायाे समानुपातिक सूची, बाबुरामकाे पार्टीबाट ५ जनाकाे नाम

images
  • 74
    SHARES
  • आश्विन ३, २०७९ सोमबार
    माओवादीले बुझायाे समानुपातिक सूची, बाबुरामकाे पार्टीबाट ५ जनाकाे नाम
    images

    काठमाण्डाै 

    आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि बन्दसूची बुझाउनका लागि ठूला दलहरू निर्वाचन आयोगको कार्यालय पुगेका छन् । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ ।

    llllllllllllllllllllllllllllllllll.jpg

    आज महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरू निर्वाचन आयोग पुगेर सूची बुझाउनुभएको हो । पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनाको नाम प्रतिनिधि सभाको बन्दसूचीमा राखिएको छ ।

    प्रतिनिधि सभामा भट्टराईको पार्टीका पाँच जनासहित एक सय १० र प्रदेश सभामा दुई सय २० गरी तीन सय ३० जनाको नाम पेस गरिएको महासचिव गुरुङले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend