म्यानमारको विद्यालयमा सेनाले गोली चलाउदा ६ बालबालिकाको मृत्यु

images
  • 53
    SHARES
  • आश्विन ४, २०७९ मंगलबार
    म्यानमारको विद्यालयमा सेनाले गोली चलाउदा ६ बालबालिकाको मृत्यु
    images

    एजेन्सी

    म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा कम्तिमा छ बालबालिकाको मृत्यु भएको छ भने  १७ जना घाइते भएका छन् । विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ ।

    vfghhhhhhhhh.jpg

     

    गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् । आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ । मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा सेनाले गोली चलाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

     

    रिपोट अनुसार सेनाको हेलिकप्टरले गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको थियो। केही बालबालिकाको सेनाको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणमा घाइते बनेका केही बालबालिकाको  उपचारका क्रममा मृत्यु भएको थियो ।

     

    सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विद्यालय भवनमा गोलीका खोका र रगतका टाटा देखिन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend