चितवनमा डेङ्गुबाट एकजनाको मृत्यु

images
  • 75
    SHARES
  • आश्विन ४, २०७९ मंगलबार
    चितवनमा डेङ्गुबाट एकजनाको मृत्यु
    images

    चितवन 

    पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

    lkjjjj.jpg

     

    अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।

     

    जिल्लामा हालसम्म चार सय २९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो । जिल्लामा भेटिएका डेङ्गुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend