काठमाण्डौको गोठाटारमा गोली लागेका मोहम्मदको ज्यान गयाे

images
  • 79
    SHARES
  • आश्विन ४, २०७९ मंगलबार
    काठमाण्डौको गोठाटारमा गोली लागेका मोहम्मदको ज्यान गयाे
    images

    काठमाण्डाै 

    काठमाण्डाैको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा ज्यान गएको छ ।

    bbbbbbb.jpg

    सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई हिजो बेलुका बन्दुकधारी समूहले गोली हानेको थियो ।

    त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएका मोहम्मदको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले  जानकारी दिनुभयो । उहाँका अनुसार गोली हान्ने व्यक्तिको खोजी भइरहेको छ । गोठाटारमा रहेको व्यस्त सडकमा बा ६ च ५१५२ नम्बरको कारबाट निस्किएका मोहम्मदमाथि पल्सर मोटरसाइकलमा आएका एक युवकले गोली प्रहार गरेका थिए ।

    घटनापछि प्रहरीले घटनास्थल आसपासका क्षेत्रमा  सुरक्षा अवस्था कडा बनाएको छ । आक्रमणकारी भाग्न सक्ने सबै नाकामा प्रहरीले सुरक्षाकर्मी परिचालन गरेको छ । केही वर्षअघि नक्कली भारुको कारोबारमा संलग्न भएको अभियोगमा जेल परेका मोहम्मद केही वर्षपछि छुटेका प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार जेलबाट छुटेपछि मोहम्मदले गार्मेन्ट व्यवसाय सुरु गर्नु भएको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend