डाेटीमा सैनिक जवानले दिएको रगतले १५ वर्षीया बालिकाको ज्यान जोगियो

images
  • 78
    SHARES
  • आश्विन ४, २०७९ मंगलबार
    डाेटीमा सैनिक जवानले दिएको रगतले १५ वर्षीया बालिकाको ज्यान जोगियो
    images

    डाेटी 

    डोटीमा नेपाली सेनाका एक जवानले गरेको रक्तदानबाट १५ वर्षीया एक बालिकाको ज्यान बचेको छ । आदर्श गाउँपालिका वडा नं ४ देहिमाण्डौँकी १५ वर्षीया बालिका सरीता विष्टको ज्यान जोगिएको हो ।

    hjnftyuioppppppppppppppp.jpg

    जण्डिसका कारण गम्भीर बिरामी परेकी विष्टलाई स्थानीय बासिन्दाले  जिल्ला अस्पताल डोटीमा उपचारका लागि लगेका थिए । उपचारका क्रममा रगतको कमी भएको डाक्टरले बताए  पनि रगत अभाव हुँदा समस्या भएको थियो ।

    'ए' पोजेटिभ रगत अभावमा उपचार प्रभावित भएको र रगतका लागि भैरवप्रसाद गणमा सूचना पुगेपछि त्यहाँ कार्यरत जवान कमल खनालले रगत दान गर्नु भएको हो । डोटीमा रक्तसञ्चार केन्द्र नभएका कारण रगतको आवश्यकता परेका बिरामी तथा उनीहरुका आफन्तले रगतका लागि सेना प्रहरी कहाँ धाउने गरेका छन्। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend