बैतडीमा घर भत्किँदा किशाेरीको मृत्यु

images
  • 79
    SHARES
  • आश्विन ४, २०७९ मंगलबार
    बैतडीमा घर भत्किँदा किशाेरीको मृत्यु
    images

    काठमाडौँ

      बैतडीमा घर भत्किँदा च्यापिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका- १ लेककी १५ वर्षीया पूजा लुहार रहेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

    ccvvvv;;.jpg

     

    माटोको छानो भएको घर एक्कासी सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ। वर्षाका कारण कमजोर भएको छानो राति एक्कासि भत्किएको हो।

     

    प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। टोली पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पूजा स्थानीय डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत थिइन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend