काठमाडौं
नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएसँगै फिल्म ऐना झ्यालको पुतलीले बक्स अफिसमा राम्रो कमाइ गर्ने संकेत देखिएको छ । मल्टिप्लेक्सले शोमा वृद्धि गरेका छन् ।

पहिलो साता सुस्त देखिएको फिल्मको अकुपेन्सी बलियो वर्ड अफ माउथको कारण दोस्रो सातामा केही बढेको छ । ‘ओस्कार इफेक्ट’ले अकुपेन्सी र शोमा वृद्धि भएको देख्न सकिन्छ ।
बिग मुभिजले एक शो थपेको छ । क्यूएफएक्सले दुई शोमा बढाएको छ भने आईएनआईले पनि शो वृद्धिको तयारी गरेको छ । ‘हामीले एक शो बढाएका छौं र दर्शकको अकुपेन्सी पनि बढेको छ,’ शर्माले अनलाइखबरसँग भने, ‘ओस्कार इफेक्टको प्रभाव आगामी दिनमा देखिनेछ ।’
ओस्कारमा सिफारिस भएपछि सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय मिडियामा चर्चा हुने स्वभाविक हो । विगतमा नेपालबाट ओस्कारमा सिफारिस भएका फिल्महरु पुनः प्रदर्शन गरिएका उदाहरण छन् ।
बाल मनोविज्ञानमा आधारित फिल्म ऐना झ्यालको पुतलीलाई विशेषगरी फिल्मका गम्भीर र बाल दर्शकले रुचाएका छन् ।



