गाउँपालिका अध्यक्ष कप तयारी पुरा:नकआउट खुल्ला फुटबल प्रतियोगिता भोलिबाट सुरू हुँदै

images
  • 387
    SHARES
  • आश्विन ४, २०७९ मंगलबार
    गाउँपालिका अध्यक्ष कप तयारी पुरा:नकआउट खुल्ला फुटबल प्रतियोगिता भोलिबाट सुरू हुँदै
    images

    करिस्मा गुरुङ देवघाट तनहुँ: असोज ४ गते

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित गाउँपालिका खेल मैदानमा नेपालीहरुको महान चाड विजयादशमीको पावन अवसरमा देवघाट फुटवल संघद्वारा आयोजित र देवघाट गाउँपालिकाको समन्वयमा हुन गइरहेको (9A Side) गाउँपालिका अध्यक्ष कप नकआउट खुल्ला फुटबल प्रतियोगिता भोलिबाट सुरू हुने भएको छ ।

    ghjtyui.jpg

    उक्त खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको खेल संयोजक समिर ढुङ्गानाले बताए । संयोजक ढुङ्गानाले खेल भोलि दिउँसो २ बजेबाट सुरू हुने जानकारी दिए । प्रतियोगितामा चितवन,नवलपुर तनहुँ जिल्लाका करिब ३० टिमको सहभागी हुने छ। प्रतियोगिता प्रथम पुरस्कार एक लाख एघार हजार एक सय एघार रुपैया सहित प्रमाणपत्र मेडल शिल्ड र दोस्रो पुरस्कार पच्पन्न हजार पाँच सय पच्पन्न रुपैयाँ सहित प्रमाणपत्र मेडल शिल्ड रहेको छ भने तिम दर्ता शुल्क पाँच हजार पाच सय पच्पन्न रुपैयाँ रहेको आयोजक कमिटीले जानकारी दिएको छ। सो प्रतियोगिताका आयोजक कमिटीले सहभागी टिमहरुको लागि निम्न नियमहरु उल्लेख गरिएको छ। १)खेलमा १२ जना खेलाडीको नाम दर्ता गर्नु पर्ने। २)एकै किसिमको जर्सी,जुत्ता अनिवार्य हुनुपर्ने र बिना जुत्ता खेलाडीलाई खेलमैदान प्रवेश गराईने छैन । ३)खेल अवधिभर रेफ्रिको निर्णयलाई नै मान्यता दिइनुपर्ने र खेल मैदानमा विवाद भएमा विवाद गर्ने खेलाडीलाई यस प्रतियोगिता बाटै निष्कासन गर्न सकिने । ४)समयमा टिम मैदानमा नआएमा त्यस खेलमा नेट गोलको व्यवस्था हुनेछ। ५)खेलमा चोट पटक लागेमा प्राथमिक उपचारको मात्र व्यवस्था रहेको आयोजक कमिटीले जानकारी दिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend