विदेशी फिल्म सरह विकास शुल्क तिरेपछि ‘प्रेमगीत ३’को हिन्दी डबले पार्‍यो अनुमति

images
  • 95
    SHARES
  • आश्विन ५, २०७९ बुधबार
    विदेशी फिल्म सरह विकास शुल्क तिरेपछि ‘प्रेमगीत ३’को हिन्दी डबले पार्‍यो अनुमति
    images

    काठमाडौं

    चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबले विदेशी फिल्म सरह १५ प्रतिशत विकास शुल्क तिरेपछि सेन्सर अनुमति पाएको छ । लामो समयदेखि हिन्दी डबमा भएको विवाद अन्तत रोकीएको छ ।

    dddd.jpg

    बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचिलका निर्माता र वितरकलाई विकास शुल्क तिर्ने गरी सेन्सर अनुमतिको पत्र हस्तान्तरण गरे । चलचित्रको वितरकले भन्सार शुल्क बापत २० हजार रुपैयाँ समेत तिरेका छन् । चलचित्रको हिन्दी डबले नेपालमा गरेको कमाईको १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने छ । विदेशी चलचित्रले मात्र १५ प्रतिशत शुल्क तिर्नुपर्ने नियम भएकाले नेपाली ‘प्रेमगीत ३’ले भने यो शुल्क तिर्नु पर्दैन ।

     

    हिन्दी डबलाई लिएर कलाकर्मीहरू नै दुई भागमा बाँडिएका थिए । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबको विवाद उत्कर्षमा पुगेको थियो । यस चलचित्रका निर्माता सन्तोष सेनले चलचित्र विकास बोर्डमा हिन्दी डबलाई नेपाली चलचित्र सरह सेवा सुविधा दिन माग गर्दै निवेदन बुझाएपछि नेपाल चलचित्र निर्माता संघ त्यसको विपक्षमा रहेको थियो ।

     

    निर्माता सेनले चलचित्र विकास बोर्डमा हिन्दी डबलाई नेपाली चलचित्र सरह सेवा सुविधा दिन माग गरेपछि निर्माता संघका अध्यक्ष नवल खड्काले हिन्दी डबलाई नेपाली चलचित्र सरह सुविधा माग्नु राष्ट्रघात र देशद्रोही रहेको अभिव्यक्ति समेत दिएका थिए ।

     

    चलचित्र विकास बोर्डले विदेशी फिल्मको जसरी प्रक्रिया मार्फत मात्र सेन्सर गर्न सकिने बताए पछि चलचित्रले विदेशी चलचित्र झैं १५ प्रतिशत विकास शुल्क तिरर सेन्सर अनुमति पाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend