सिरहाबाट लागूऔषधसहित दुई जना पक्राउ

images
  • 82
    SHARES
  • आश्विन ८, २०७९ शनिबार
    सिरहाबाट लागूऔषधसहित दुई जना पक्राउ
    images

    सिराहा । 

    सिरहा प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै जना उदयपुर जिल्लाको रहेको प्रहरीको भनाइ छ ।

    pakrau_20200303070853.jpg

     

    एक जनासँग प्रेस कार्ड फेला परेको र उनी पत्रकार नै हो की कार्ड मात्रै बनाएको हो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ ।उनीहरूलाई चेकजाँचका क्रममा सिरहा नगरपालिका-१४ नेमचन चोकबाट पक्राउ गरिएको हो । 

    पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका-२ कल्याणपुर टोलका ३५ वर्षीय सुरेश कुमार धमला र मोटरसाइकल पछाडि सवार ओखलढुङ्गा फुलवारी गाउँ विकास समिति-९ मा घर भई हाल जिल्ला उदयपुर कटारी नगरपालिका-२ कल्याणपुर टोलकै ३५ वर्षीय इश्वर खत्री रहेका छन् । 

    उनीहरू भारतबाट नेपालतर्फ स. ९ प. ५१० नं. को मोटरसाइकलमा आउँदै गर्दा प्राउ परेका हुन् ।  प्रहरीले उनीहरूको साथबाट नाइट्रोभेट-१० लेखिएको २५ ट्याब्लेट, स्पास्मो प्रोक्सभोन प्लस लेखेको ८ क्याप्सुल, डाइलेक्स डिसी जस्तो देखिने तरल पदार्थ केमप्टी म्याङ्गो पन्च लेखिएको ६०० एमएलको बोतल लागूऔषध र अन्य कागजातहरू बरामद गरेको छ । 

    अवैध लागूऔषध, मोटरसाइकल, मोबाइल, एटीएम कार्ड, आईडी कार्ड, नागरिकता, राहदानी, ड्राइभिङ लाइसेन्स र नगदसहित फेला पारिएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend