डा. गोविन्द केसीकाे समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

images
  • 121
    SHARES
  • आश्विन ८, २०७९ शनिबार
    डा. गोविन्द केसीकाे समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन
    images

    काठमाडौं ।

    अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।बृहत नागरिक आन्दोलनले आज शनिबार दिउँसो प्रदर्शन गरेको हो । प्रदर्शनमा लेखक खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती लगायतकाे उपस्थिति रहेकाे थियाे ।

    collage-4-1536x1152_20220924162550.jpg

     

    उहाँहरूले गेटामा स्वास्थ्य सेवा कहिले सुरु हुन्छ, ‘खल्तीबाट नियुक्ति नियम–कानून खै, उपचार गर्न कहिलेसम्म काठमाडौं धाउनु पर्ने र माफियाको मिसन सिटामोलको कमिसन लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

    डा. केसी १३ दिनदेखि अनशनरत थिए । उनले कैलालीको धनगढीमा गत भदौ २७ गतेदेखि २० औं अनशन सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनी आफ्नै खर्चमा काठमाडौं फर्किएका छन ।

    अहिले अनशनकै क्रममा उहाँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend