आजको मौसम : यि प्रदेशहरुमा चट्याङसहित भारी वर्षाको सम्भावना

images
  • 58
    SHARES
  • आश्विन ९, २०७९ आइतबार
    आजको मौसम : यि प्रदेशहरुमा चट्याङसहित भारी वर्षाको सम्भावना
    images

    काठमाडौं ।

    हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ। भारतको उत्तररपूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र अवस्थित छ।

    mausam2.jpg

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ ,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली  रहेको छ। प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

     

    आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू(भागमा सामान्य बदली देखि पुर्ण बदली रहि बाँकी प्रदेशहरूका भू(भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

     

    सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने कर्णाली, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ।  

    त्यस्तै राती  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक रदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend