भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२९ स्थित भतेरी जङ्गलमा आइतबार दिउँसो ३ः०० बजे टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
नारायणगढबाट जुगेडीतर्फ जाँदै गरेको ना८ख ४५६२ नम्बरको टिप्परले जुगेडीबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ प ८५५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तनहुँ देवघाट गाउँपालिका वडा नं–५ बस्ने ५१ वर्षीय बिक्रम तामाङ गम्भीर घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा ३ः३९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिप्पर र टिप्पर चालक सिन्धुलीको कमलामाईं नगरपालिका निवासी २९ वर्षीय सुमन बरुवाल जिप्रका चितवनको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।



