सुरू भयो, धर्म गुरू नर्बु लामाको उपचार

images
  • 56
    SHARES
  • आश्विन १०, २०७९ सोमबार
    सुरू भयो, धर्म गुरू नर्बु लामाको उपचार
    images
    चितवन । बौद्ध धर्म सेवा समितिअन्तर्गत सञ्चालित महाबौद्ध गुम्बा तीनखोलेमा धर्म गुरूको रूपमा कार्यरत धर्म गुरू नर्बु लामा गुरूङको उपचार सेवा सुरू गरिएको छ।
    klll.jpg
     
    आइतबारदेखि पुष्पाञ्जली अस्पतालका डा विश्वास गुरूङ र फिजियोथेरापिस्ट मदन घिमिरे तथा भरतपुर अस्पतालका डा गुणराज लोहनीले उपचार गराउन थालेका हुन्। केही दिनयता पक्षघातका कारण थला परेका धर्म गुरूको उपचारमा सामाजिक अभियन्ता एवम् तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरूङ प्रत्यक्षरूपमा जुटिरहेका छन्। उनकै पहलमा उपचार सेवा सुरू गरिएको हो। गुरूङले सामाजिक सञ्जालमार्फत धर्म गुरू बचाउ अभिया नै चलाएर आर्थिक संकलन गरिरहेका छन्।
     
     
    अभियान चलाएको पाँच दिनमा पाँच लाख ४० हजार ८०२ रूपैयाँ रकम संकलन भएको अभियन्ता गुरूङले बताए। देश विदेशमा रहेका नेपालीले धेरथोर सहयोग गरिरहेका छन्। अहिले नर्बु लामाको उपचार महाबौद्ध गुम्बामै भइरहेको छ। चिकित्सकहरूले बिरामीको निवासमै आएर सेवा दिइरहेका छन्। गुरूङ समुदायको धर्म गुरू लम, क्लेप्री र प्हच्युलाई समस्या पर्दा जस्तोसुकै परिस्थितिमा पनि साथ दिने अभियन्ता गुरूङले बताए। ‘हाम्रो धर्म गुरूहरूलाई बचाउने दायित्व हामी सबैको हो,’ उनले भने, ‘त्यसैले अहिले लामा गुरूलाई समस्या पर्दा मात्रै होइन, क्लेप्री या प्हच्यु जो सुकैलाई समस्या पर्दा पनि म अगाडि उभिन्छु।’
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend