निर्वाचन बहिस्कार घोषणा गरेका चार दलले सार्वजनिक गरे संघर्षका कार्यक्रम

images
  • 72
    SHARES
  • आश्विन १०, २०७९ सोमबार
    निर्वाचन बहिस्कार घोषणा गरेका चार दलले सार्वजनिक गरे संघर्षका कार्यक्रम
    images

    काठमाडौं

    आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । 

    gggffhjjk.png

     

    निर्वाचन बहिस्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । 

     

    महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका  रोगव्याधि झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरुले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

     

    विज्ञप्तिमा उल्लेख गरिएअनुसार संघर्षका कार्यक्रमहरुः

    असोज २३ गते – चितवन
    असोज २५ गते – जनकपुर
    असोज ३१ गते – विराटनगर
    कात्तिक २ गते – पोखरा
    कात्तिक ४ गते – बुटवल
    कात्तिक १७ गते – सुर्खेत
    २०७९ कात्तिक १९ गते – धनगढी
    २०७९ कात्तिक २३ गते – काठमाडौं

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend