सत्ता गठबन्धनका नेताहरुको बैठक जारी

images
  • 61
    SHARES
  • आश्विन ११, २०७९ मंगलबार
    सत्ता गठबन्धनका नेताहरुको बैठक जारी
    images

    काठमाडौं

    सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजेदेखि बसिरहेको बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास भइरहेको छ । 

    xxxx.jpg

     

    शीर्षनेताहरु सहभागी उक्त बैठकमा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने गरी छलफल भइरहेको छ । 

     

    सिट बाँडफाँट गर्न गठित कार्यदलले दिएको सुझावसहित बैठकमा छलफल भइरहेको छ । कार्यदलले ८० प्रतिशत सिटमा सहमति जुटाएको दाबी गरिएको थियो भने । बाँकी २० प्रतिशत सिटमा देखिएको समस्या समाधान गर्न शीर्ष तहमा छलफल भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend