अञ्जन विष्टकाे 'ह्याट्रिक' मा नेपालकाे सहज जित

images
  • 87
    SHARES
  • आश्विन ११, २०७९ मंगलबार
    अञ्जन विष्टकाे 'ह्याट्रिक' मा नेपालकाे सहज जित
    images

    FMddW9DWUAIQMa2.jpgकाठमाण्डाै 

    बंगलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज जित निकालेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले बंगलादेशलाई तीन–एकले हरायाे ।

    ffggghhjjkk.png

    नेपालकाे जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलकाे पहिलाे हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलकाे १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गाेल गरे । 

    याेसँगै अञ्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौँ खेलाडी बनेका छन् । यस्तै उनले गाेल सङ्ख्या १० पुर्‍याएका छन् । 

    यस्तै बंगलादेशका लागि खेलकाे ५७ औँ मिनेटमा मोहम्मद टुटुल हुसेन बादशाहले सान्त्वना गाेल गरे । 

    याे खेलसँगै नेपाल र बंगलादेशबीच अहिलेसम्म २७ पटक भेट हुदा बंगलादेश १४ खेलमा विजयी भएको छ । यस्तै नेपाल आठ खेलमा विजयी हुँदा पाँच खेल बराबरीमा सकिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend