विश्व चर्चित स्की पर्वतारोही नेल्सनको शव भेटियो

images
  • 80
    SHARES
  • आश्विन १२, २०७९ बुधबार
    विश्व चर्चित स्की पर्वतारोही नेल्सनको शव भेटियो
    images

    काठमाडौं

    मनास्लु हिमालमा बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ । सोमबारदेखि उनी मनास्लुमा स्की गर्ने क्रममा  बेपत्ता भएकी थिइन् । 

    ggghhhjjkl.jpg

     

    नेल्सनको शव भेटिएको र सामागाउँ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।  उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल भएका थिए । हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराएकी थिइन् ।

     

    नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ ।

     

    अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend