देवघाट तनहुँ : असोज १७ गते
नेपाली कांग्रेस परित्याग गरेका महासमिति सदस्य पूर्ण गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् ।

गुरुङ एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर सोमबार एमाले प्रवेश गरेका हुन् । अध्यक्ष ओलीले गुरुङलाई पार्टी प्रवेश गराएका थिए । केही दिन अगाडी नै पार्टी प्रवेशको तयारी भएपनि गुरुङ अस्वस्थ भएपछि प्रवेशको कार्यक्रम रोकिएको थियो । गुरुङ एमाले प्रवेश गरेसँगै तनहुँ क्षेत्र नम्बर १ को प्रदेशसभाबाट उम्मेदवार बन्ने स्रोतले जनाएको छ । सो अवसरमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, तनहुँ जिल्ला निवर्तमान अध्यक्ष केदार सिग्देल, गण्डकी प्रदेशका निवर्तमान सांसद रामबहादुर गुरुङ, मगर संघका केन्द्रीय अध्यक्ष दिलबहादुर थापा लगायत नेता सहभागी थिए ।



