अष्टलक्ष्मीले ओलीलाई भनिन् - म चुनावमा उठ्दिन, अर्को मान्छे खोज्नू

images
  • 44
    SHARES
  • आश्विन २२, २०७९ शनिबार
    अष्टलक्ष्मीले ओलीलाई भनिन् - म चुनावमा उठ्दिन, अर्को मान्छे खोज्नू
    images

    काठमाडौँ ।

    अष्टलक्ष्मी शाक्यले काठमाडौँ ८ बाट चुनाव लड्न अध्यक्ष केपी शर्मा ओलीले दिएको टिकट अस्वीकार गरेकी छिन्। शाक्यले आफू संसदीय राजनीतिमा सक्रिय रहने चाहना नभएकाले आफ्नो ठाउँमा अरु नै व्यक्तिलाई टिकट दिन आग्रह गरेकी हुन्।

    Asta-Laxmi-Shakya_20210819083820.jpg

     

    शनिबार ओलीसँग कुराकानी गर्दै शाक्यले जित्ने संभावना भएका उम्मेदवारलाई टिकट दिन अध्यक्ष ओलीलाई आग्रह गरेको बताइन्। उनले भनिन्, ‘मैंले अध्यक्षलाई मेरो विकल्प खोज्न आग्रह गरेको छु। संसदीय राजनीतिबाट बिदा लिन्छु भनेर उहाँलाई भने।’

     

    काठमाडौँ ८ मा गठबन्धनबाट एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले उम्मेदवारी दिँदै छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend