लमजुङकाे मेमे घुम्न जाँदा बेपत्ता भएकी युवतीको शव भेटियो

images
  • 43
    SHARES
  • आश्विन २२, २०७९ शनिबार
    लमजुङकाे मेमे घुम्न जाँदा बेपत्ता भएकी युवतीको शव भेटियो
    images

    प्रतीकात्मक तस्बिर

    लमजुङ - death_child_OyjRIJ881M.jpg४ हजार ८ सय मिटरको उचाइमा रहेको मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव आज भेटिएको छ । दशैँ मनाउनका लागि ऐतिहासिक एवम् पर्यटकीयस्थल मेमे पोखरी घुम्न जाँदा बेपत्ता भएकी बेसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मीला तामाङको शव फेला परेको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमालका अनुसार नेपाली सेना, प्रहरीलगायत टोलीले त्याे ठाउँ नजिकै घुम्रो खर्कमा युवतीको शव फेला पारेको हो । यसअघि मृतक युवतीका श्रीमान् सर्लाही लालबन्दीका २६ वर्षीय बुद्ध तामाङको त्यही क्षेत्रमा लेक लागेर ज्यान गएकाे थियाे । 

    शर्मीलाका बुबा ५० वर्षीय खेमबहादुर तामाङ, भाइ १६ वर्षीय च्याम्बो तामाङ र काकाको छोरा १९ वर्षीय करण तामाङको प्रहरीले उद्धार गरेको छ । तीनैजना करिब चार हजार मिटर उचाइको च्यार्बोमा रहेकाे भेडीगोठमा भेटिएका प्रहरीले जनाएको छ। 

    बेसीसहरबाट याे पोखरी पुग्न तीन दिन लाग्छ । उनीहरु असोज १६ गते त्यसतर्फ गएका थिए । फर्किने क्रममा शर्मीला र उहाँका श्रीमान् बुद्धको ज्यान गएकाे हाे।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend