चितवन-३ मा माओवादीले डा. अधिकारीलाई उठाउने

images
  • 41
    SHARES
  • आश्विन २२, २०७९ शनिबार
    चितवन-३ मा माओवादीले डा. अधिकारीलाई उठाउने
    images

    २२ असोज, चितवन ।

    २०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको चितवन निर्वाचन क्षेत्र ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

    Dr-bhoj-raj-adhikari.jpg

    भरतपुर अस्पतालको अध्यक्ष रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन-३ बाट उम्मेदवार बनाउने तयारी माओवादीको छ । डा. अधिकारीलाई प्रचण्डले फोन गरेर उम्मेदवारी दर्ताको तयारीका लागि कागजात जुटाउन भनेका छन् । ‘अध्यक्षले फोन गरेर तपाईं नै उम्मेदवार हो, तयारी गर्न भन्नुभएको छ’, डा. अधिकारीले भने, ‘त्यसका लागि डकुमेन्ट जुटाउँदैछु ।’

    सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ । यो क्षेत्रमा माओवादीका तर्फबाट भरपर्दो उम्मेदवार नपाएपछि डा. अधिकारीलाई अस्पतालको अध्यक्ष पदबाट राजीनामा गराएर उम्मेदवार बनाउन लागिएको हो ।

    पश्चिम चितवनको पटिहानी घर भएका डा. अधिकारी भरतपुर अस्पतालमा अध्यक्ष हुनुअघि मेडिकल अफिसरका रूपमा कार्यरत थिए । माओवादीले चितवन-३ को (ख) मा माडी नगरपालिकाका पूर्व मेयर ठाकुर ढकाललाई उठाउने भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend